भरतपुर अस्पतालका प्रमुखसहित तीन चिकित्सकमा कोरोना पुष्टि
चितवन । भरतपुर अस्पतालका प्रमुखसहित तीन जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पताल प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. श्रीराम तिवारीसहित सो अस्पतालकाद स्त्री तथा प्रसूति विभागका प्रमुख डा.सुनिलमणि पोखरेल र आकस्मिक कक्षका अन्य एकजना चिकित्सकमा कोरोना पुष्टि भएको हो ।
भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गरिएको ४ सय ४६ नमुनामध्ये कुल २८ जनामा संक्रमण देखिएको हो ।
अस्पतालका चिकित्सकहरुमा पनि शनिबार नै संक्रमण पुष्टी भएको हो ।










