५० वर्षीया महिलाको कोरोनाबाट मृत्यु
सुनसरी । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड–१९ अस्पतालमा उपचाररत मोरङको तीनपैनी बस्ने ५० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।
एक सातादेखि उच्च ज्वरो, खोकी र श्वास–प्रश्वासमा समस्या आएपछि साउन ३१ गते राति प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको हो ।
मृतकको मेडिकल हिस्ट्रीमा भारतको दिल्लीस्थित एक अस्पतालमा मुटुको उपचार गरेको, थाइरोइड र फोक्सोमा पनि समस्या रहेको देखिएको थियो ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।










