घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला
रौतहट । घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । रौतहटको गरुडा नगरपालिका–८ स्थित जिंगडिया गाउँमा आइतबार २० वर्षीय निरन्जन रामको धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा शव फेला परेको हो ।
रामको शव उनको घरबाट केही पर खेतमा फेला परेको हो ।
घटनाबारे गहिरिएर अनुसन्धान भइरहेको इलाका प्रहरी गरुडाका डीएसपी ज्ञानकुमार महतोले बताए ।










