नेपाल ओलम्पिक कमिटीका दुई कर्मचारीमा कोरोना पुष्टि
काठमाडौं । नेपाल ओलम्पिक कमिटीका दुई कर्मचारीमा कोरोना पुष्टि भएको छ । सातदोबाटोस्थित ओलम्पिक कमिटीको मुख्यालयमा कार्यरत सबै कर्मचारीको स्वाब परिक्षण गर्दा दुई जनामा कोरोना देखिएको हो ।
दुई जनाको भने रिपोर्ट आउन रहेको जनाईएको छ । सातदोबाटोमै रहेको स्क्वास एकेडेमीमा बस्ने प्रशिक्षकमा कोरोना पुष्टि भएपछि ओलम्पिक कमिटीले सबै कर्मचारीको कोरोनाको टेस्ट गराएको थियो।
कोरोनाका कारण ओलम्पिक कमिटीको कार्यालय गत सातादेखि बन्द छ ।
यस्तै राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा बोलाइएका एक खेलाडीमा पनि कोरोना लागेको पुष्टि भएको थियो ।










