तीन अधिकृतसहित १६ जनामा कोरोना पुष्टि
बुटवल । बुटवल उपमहानगरपालिकाका तीन अधिकृतसहित बुटवलमा १६ जना कोरोना संक्रमित थपिएका छन् ।
कोरोना संक्रमित हुनेमा उपमहानगरपालिकाका दुई जना शाखा प्रमुख हुन् भने र एकजना अधिकृतस्तरका सहायक शाखा प्रमुख हुन्।
त्यस्तै आइतबार कोरोना पुष्टि भएका बाँकी १३ जना वडा नं. ११ कालिकानगर र देवीनगरकाको रहेको जनाईएको छ
यो सँगै बुटवलमा कुल संक्रमितको संख्या ८० पुगेको छ । तीमध्ये ५६ जना सक्रिय संक्रमित छन् भने २४ जना डिस्चार्ज भएका छन् ।










