सिन्धुपाल्चोक पहिरोः १९ जनाको शव फेला, २० जना अझै बेपत्ता
काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएका १९ जनाको शव फेला परेको छ ।
पहिरोमा पुरीएर बेपत्ता भएका ३९ जनामध्ये १९ जनाको शव फेला परेको हो । हराईरहेका २० जनाको अहिले पनि खोजी भइरहेको छ ।
उद्धारमा खटिएको नेपाली सेनाका अनुसार हालसम्म ४ जना महिला, ३ जना पुरुष, ५ जना बालिका र ७ जना बालक गरी १९ जनाको उद्धार भएको छ । शनिबारसम्म १८ जनाको शव भेटिएकामा आइतबार थप १ जनाको शव भेटिएको हो ।
बाढी प्रभावित क्षेत्रको उद्धारमा नेपाली सेनासँगै स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा खटिएका छन् । नेपाली सेनाका ४७ जना उद्धारमा खटिएका छन् ।










