नेपाल प्रहरीका दुई डीआईजीमा कोरोना पुष्टि
काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत दुई डीआईजीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिनुभयो । सङ्क्रमित डीआईजीको प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।
अहिलेसम्म देशभर तीन सय ८० जना प्रहरीलाई कोरोनाको सङ्क्रमण भएको छ । ४० जना उपचारपछि निको भएका छन् ।










