मेयरसहित ९२ जनामा कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
१ भाद्र २०७७, सोमबार १२:१९
;

वीरगञ्ज । पोखरिया नगरपालिकाका मेयरसहित पर्सामा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेयरदीपनारायणप्रसाद रौनियारसतित ९२ जनामा कोरोना संक्रमण देखिएको हो । यीमध्ये ३८ जना वीरगन्ज महानगरपालिकाका बासिन्दा हुन् ।

विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा पोखरियाका ३३ जना, मेयर रौनियारसहित उनको परिवारका ८ जना र पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको जनाईएको छ ।

त्यस्तै जगरनाथपुर गाउँपालिकामा ४ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि कोरोना देखिएको स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए ।

साउनमा मात्र जिल्लामा १ हजार १ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*