फोनमा कुरा गर्दागर्दै छतबाट खसेर एक जनाको मृत्यु

हेटौडा न्युज
१ भाद्र २०७७, सोमबार १३:५८
;

बुटवल । रुपन्देहीमा छतबाट खसेर एक जनाको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–१२ प्रहरी टोलका २३ वर्षीय विकास जैसवालको घरको छतबाट खसेर मृत्यु भएको हो ।

आफ्नो घरको तीन तल्लामाथि बसेर फोनमा बोल्दाबोल्दै अचानक खस्दा घाइते भएका जैसवाललाई उपचारको लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो ।

जैसवालको उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट थप अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*