११ प्रहरीसहित मकवानपुरका १६ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
१ भाद्र २०७७, सोमबार १४:२२
;

मकवानपुर । मकवानपुरमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडाको किट जन्य रोग अनुसन्धान केन्द्र, हेटौंडामा गरिएको परिक्षणमा थप १६ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा हेटौंडाका पाँच जना र ११ जना नेपाल प्रहरी रहेका छन् ।
हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य अधिकृत भोला चौलागाईका अनुसार हेटौडा–४ का तीन महिला, एक पुरुष र हेटौंडा–१० की एक महिलामा संक्रमण देखिएको हो ।

प्राप्त जानकारी अनुसार संक्रमण देखिने नेपाल प्रहरीमा रौतहटका २ जना, सिन्धुलीको १ जना, बाँकेको २ जना, पर्साको १ जना, धादिङको १ जना, कञ्चनपुर र चितवनको ३ जना रहेका छन् । संक्रमित प्रहरी सबै पुरुष रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*