दुई परिवारबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

हेटौडा न्युज
१ भाद्र २०७७, सोमबार १५:०५
;

कपिलवस्तु । नाला सफा गर्ने विषयमा दुई परिवारबीच विवाद हुँदा १ जनाको मृत्यु भएको छ । मायादेवी गाउँपालिका ८ सानो नन्दनगरमा नाली सफा गर्ने विषयमा पासी र चमार परिवारबीच झगडा हुँदा ७० वर्षीय हरिराम पासीको मृत्यु भएको हो ।

घाईते भएका उनलाई उपचारका लागि भैरहवा लैजाने क्रममा मृत्यु भएको प्रहरी जनाएको छ ।  घटनामा परी ६० वर्षकी शुभावती पासी र २० वर्षकी सोनु पासी घाइते भएका छन् ।

कुटपिटमा संलग्न ५ जना प्रदेश प्रहरी कार्यालय दाङले नियन्त्रणमा लिएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*