फेस सिल्ड लगाएर फिल्डमा मकवानपुर प्रहरी
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालयका प्रत्यक्ष मातहतमा रहेका प्रहरी कर्मचारीहरुले फेस सिल्ड लगाएर डियुटीमा खटिएका छन् ।
प्रहरीहरुले कोरोना भाईरस संक्रमण जोखीमलाई मध्यनजर गर्दै आज देखी फेस सिल्ड लगाएर डियुटी गर्न थालेका हुन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले कार्यरत सबै प्रहरी कर्मचारीहरुलाई फेस सिल्ड वितरण गरीसकेको छ ।
नियमित फिल्डमा खटिने हरेक प्रहरी कर्मचारी धेरै जनासंग सम्पर्कमा आउनु पर्ने भएकाले संक्रमण हुनबाट जोगाउन र अन्य ब्यक्तिमा संक्रमण नफैलियोस भन्ने उद्देश्यले सबै प्रहरी कर्मचारीहरुलाई फेस सिल्ड उपलब्ध गराईएको हो ।










