नेपालको झण्डा जलाएको गीतको चौतर्फी विरोध

हेटौडा न्युज
२ भाद्र २०७७, मंगलवार ११:२८
;

मकवानपुर । नेपालको राष्ट्रिय झण्डा जलाएको दृष्यसहितको मङ्गोल हपको देशद्रोही बोलको गीत युट्युवमा सार्वजनिक भएको छ । झण्डा जलाएको गीत सार्वजनिक भएकसंगै सामाजिक संजालमा सो गितको तीब्र विरोध भइरहेको छ ।

देशको राष्ट्रिय झण्डा सहित राष्ट्रिय महत्वका सामग्री विषय वस्तु जलाउन वा बेइज्जत गर्नु गराउनु कानुन विपरीत हुन्छ ।

देशको झन्डा जलाएर हिजो युट्युबमा सार्बजनिक गरिएको सो गीतमा जातीय द्वेष उत्पन्न गर्ने सामग्री गरीएसंगै सो गीत सामाजिक संजालबाट हटाउनु पर्ने र गीत निर्माण तथा सावजनिक गर्नेलाई कावाहीको दायरामा ल्याउनु पर्ने आवाज उठेको छ ।

नेपालको राष्ट्रियता माथि नै प्रहार गरी बनाइएको आपत्तिजनक सो गीतको भिडियो मकवानपुरको बागमती गाउपालिका–३, सल्लेनीमा रहेको बिष्णु  आधारभुत बिद्यालय क्षेत्रमा गरिएको प्रष्टसंग देख्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*