स्वास्थ्यकर्मीसहित मकवानपुरमा २६ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२ भाद्र २०७७, मंगलवार ११:५०
;

मकवानपुर । मकवानपुरमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परिक्षणमा मकवानपुरका २१ सहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईका अनुसार संक्रमितहरु मकवानपुर गढीका २ जना , बागमती गाउँपालिकाका १ जना, हेटौँडा उपमहानगरपालिकाका १८ जना दैलेख, काठमाडौं, पाल्पा र भद्रपुरका १÷१ जना गरि २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हेटौंडा उपमहानगरपालिका–१ की ३२ वर्षीया महिला स्वास्थ्यकर्मी, हेटौंडा–२ का २२ वर्षीय पुरुष, हेटौंडा–४ की ६५ वर्षीया महिला, ४३ वर्षीया पुरुष, ४८ वर्षीय पुरुष, ४८ वर्षीय पुरुष, ६५ वर्षीय पुरुष गरी ५ जना, हेटौंडा–५ का ३० वर्षीय पुरुष, ३२ वर्षीय पुरुष र ३२ वर्षीय पुरुष तीन जना, हेटौंडा –६ को ४१ वर्षीय पुरुष, हेटौंडा–८ को ४१ वर्षीय पुरुष, हेटौंडा–१० की ३२ वर्षीया महिला र ३६ वर्षीया महिला गरी २ जना, हेटौंडा–११ का ७४ वर्षीय पुरुष र २६ वर्षीया महिला गरी २ जना, हेटौंडा– १२ की ३३ वर्षीया महिला र ३१ वर्षीय पुरुषगरी १८ जनामा कोरोना पुष्टि भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*