सोमबार मृत्यु भएकी महिलामा कोरोना पुष्टि
पोखरा । सोमबार मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको छ । पोखराको कास्की सेवा अस्पतालमा मृत्यु भएकी तनहुँको व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको सोमबार राती मृत्यु भएको थियो । उनको मंगलबार बिहान कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।
निमोनिया देखिएपछि ती महिला साउन ३२ गते् अस्पतालमा भर्ना भएकी उनीमा मृत्युपश्चात कोरोना देखिएपछि हाल अस्पतालको सेवा बन्द गरिएको जनाईएको छ ।
शव व्यवस्थापनको तयारी भइरहेको अस्पतालका निर्देशक डा. पदम खड्काले जानकारी दिए ।










