च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु, तीन घाईते
बुटवल । च्याउ खाँदा प्युठानमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिका–६ बहानेका १५ वर्षीय सुरेश घर्ती र १३ वर्षीय सुगम घर्तीको मृत्यु भएको हो ।
च्याउको तरकारी बनाएर खाएका दुई दाजु–भाइको उपचार नपाएर घरमै मृत्यु भएको स्थानीयले बताएका छन् ।
च्याउ खाँदा परिवारकै ३५ वर्षीय विष्णु घर्ती, ३४ वर्षीया लीला घर्ती र १६ वर्षीय शशी घर्ती बिरामी परेका छन् । उनीहरुको जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुको मृत्युबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।










