राष्ट्रिय झण्डा जलाउने म्युजिक भिडियोका क्यामेराम्यान पक्राउ

हेटौडा न्युज
२ भाद्र २०७७, मंगलवार १५:५२
;

मकवानपुर । नेपालको राष्ट्रिय झण्डा जलाएको गीत सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले सो गीतको क्यामराम्यान इराक लिम्बू पक्राउ गरेको हो ।

प्रहरीले लिम्बूलाई काठमाडौंबाट पक्राउ गरेको जनाएको छ । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।

मंगोल हप अफिसियल नामक युट्युब च्यानलबाट सोमबार उक्त भिडियो अपलोड गरिएको थियो । ‘देशद्रोही’ शीर्षकमा सार्वजनिक गरिएको गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएको दृष्य रहेको छ ।

मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा गीतको सुटिङ गरिएको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*