टिपरको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु
दाङ । दाङमा टिपरको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु भएको छ । राप्ती गाउँपालिका– १ पाखापानीमा बा ५ ख १४५ नम्बरको टिपरले ठक्कर दिँदा सोही ठाउँका ७ वर्षीय राकेश कुमालको मृत्यु भएको हो ।
तीब्र गतिमा गुडेको टिपरले बालकलाई ठक्कर दिँदा बालकको घटना स्थलमै मृत्यु भएको जनाए प्रहरीले जनाएको छ।
ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रण लिइएको जनाईएको छ ।










