हेटौँडा अस्पतालले सामान्य विरामीको उपचार नगरेपछि वडा अध्यक्ष बानियाँको आपत्ती

हेटौडा न्युज
२ भाद्र २०७७, मंगलवार १७:५८
;

मकवानपुर । हेटौंडा अस्पतालले सामान्य विरामीकोसमेत उपचार नगरेको भन्दै हेटौंडा उपमहानगरपालिकाका एक वडा अध्यक्षले आपत्ति जनाएका छन् । अस्पतालले सामान्य बिरामीको उपचारमासमेत बेवास्ता गरेको भन्दै हेटौँडा उपमहानगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष राजेश बानियाँले आपत्ती जनाएका हुन् ।

हेटौँडा–५ कि ३० बर्षीया भावनाकुमारी दाहाललाई मंगलबार स्वासप्रश्वासमा जटिल समस्या भएपछि एम्बुलेन्समार्फत उपचारका लागी हेटौँडा अस्पताल लगिएको थियो । तर अस्पतालले एम्बुलेन्सबाट ओराल्नसमेत नदिई सिधै भरतपुर रिफर गरेको थियो ।

विरामी दाहालले वडाअध्यक्ष बाँनियासंग उपचार नपाएको भन्दै गुनासो गरेपछि वडाअध्यक्ष बानियाँले अस्पतालको व्यवहारप्रति आपत्ती जनाएका छन् ।

कोभिड – १९ को शंकामा हेटौँडा अस्पतालबाट उपचार नपाइएको दाहालको गुनासो छ । मंगलबार बेलुका अचानक सास फेर्न गार्हो भई हेटौडा अस्पताल पुगेकी थिँए, एम्बुलेन्सबाट झर्न नदिई सिधै भरतपुर पठायो – उनले बताईन् ।

उनी भरतपुरमा साधारण उपचार गरी सोही दिन राती २ बजे हेटौँडा फर्किएकी हुन् ।

‘मलाई कोरानाको शंका गरी उपचार गर्न आनाकानी गर्दै हेटौँडा अस्पतालले जुन गैरजिम्मेवार काम गर्यो त्यो घटनाप्रति आक्रोस संगै दुख व्यक्त गर्दछु’ – दाहालले भनिन् ।

उनले आफुलाई आपत पर्दा सहयोग गर्ने वडा अध्यक्ष बानियाँ प्रति आभार प्रकट गरेकी छिन् ।

जीवन जिउन पाउने हकबाट सर्वसाधारण बन्चित भएको भन्दै वडाअध्यक्ष बानियाँले तत्काल उपचारको व्यवस्थाका लागी अस्पतालसंग माग गरेका छन् ।

बानियाँले बुधबार जुम मार्फत पत्रकार सम्मेलन गर्दै राज्यको लापरवाही र उदासिनताबाट जनताहरुले दुख पाएको बताएका छन् । राज्य तह हुदाँहुदै मौन जस्तो प्रवृतिले सर्वसाधारण जनताले अकालमा ज्यान गुमाउनु बाहेक अरु केहि नभएको गुनासो गरेका छन् ।

सरकारी अस्पतालले विरामी जाँचगर्न आनाकानी गर्ने, कोरोनाको डरले भयवित हुने हो भने साधारण जनता कसरी बाच्ने रु उनले प्रश्न गरे ।

सामान्य विरामीको चेकजाँच नगरी रिफर गरेको भन्दै उनले अस्पतालको यस्तो गतिविधिप्रति घोर आपत्ती जनाउँदैं अब देखि सबै विरामीको उपचार गराउन सहज बनाउनुपर्ने बताए ।

रातको समयमा अस्पतालको लापरवाहीले भरतपुरसम्म पुग्नुपर्ने विरामीको अप्ठ्यारोलाई नबुझ्ने स्वास्थ्यकर्मी प्रति लक्षित गर्दै उनले यस्तो व्यवहार नगर्न आग्रह गरेका छन्, ।

यसै सन्र्दभमा नेपाल तरुण दल हेटौँडा उपमहानगरका अध्यक्ष सुनिल गिरीले पनि अस्पतालको यस्तो लापरवाहीका कारण सर्वसाधारण जनताले सास्ती खेप्नु परेको बताए ।
उनले सरकारी अस्पतालले यस्तो कार्य गर्न नहुने भन्दै साधारण जनताले पनि सहज तरिकारले उपचार पाउनुपर्ने माग गरेका छन् ।

विरामी दाहालको पीसीआर परीक्षणको रिपोर्ट भने आउँन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*