वडा अध्यक्षको सिफारिसमा होम आइसोलेसनमा बस्न पाइने

हेटौडा न्युज
२ भाद्र २०७७, मंगलवार १८:२२
;

मकवानपुर । मकवानपुरमा कोरोना संक्रमण देखिएकाहरु सम्बन्धित वडाअध्यक्षको सिफारीसमा होम आइसोलेसन बस्न पाउने भएका छन् । कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बस्न चाहनेहरुले सम्बन्धित वडाका वडाअध्यक्षले सिफारिसका आधारमा होम आइसोलेसन बसन पाउने व्यवस्था गरीएको हो ।

मंगलबार जिल्ला समन्वय समिति मकवानपुरमा भएको छललमा होम आइसोलेसनमा बस्नका लागि सम्बन्धित वडा अध्यक्षसहितको सिफारिस समितिको अनिवार्य सिफारिस गर्नुपर्ने निर्णय गरेको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (कमाण्ड पोष्ट)का सदस्यसहित सरोकारवालाको छलफलले सम्बन्धित वडा अध्यक्ष, स्थानीय सुरक्षा प्रतिनिधि र सम्बन्धित वडाका स्वास्थ प्रतिनिधि रहेको समितिले स्थलगत अनुगमन गरि सिफारिस गरेपछि मात्र होम आसोलेसनमा बस्न पाईने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिएका छन् ।

निर्णयलाई औपचारिक्ता भने भोली बुधबार बस्ने कमाण्डपोष्टको बैठकले दिने उनले बताए ।

छलफलले जिल्लाका सुरक्षा निकायको लागि छुट्टै क्वारेन्टाईन निर्माण गर्ने निर्णय गरेको छ । सुरक्षा निकायका लागि मकवानपुर उद्योग वाणिज्य संघको पल्पसा सभाहलमा तत्काल तयारी गर्ने निर्णय बताइएको छ ।

साथै आगामी दिनमा कोरोना माहामारीको बिरुद्धमा कसरी अगाडी बढ्ने भन्ने बारेमा समेत छलफल भएको छ । सो बिषयमा आवश्यक तयारीका लागि जिल्ला समन्वय अधिकारि आनन्दराज पोखरेलको संयोजकत्वमा मकवानपुर उधोग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल र बैकर्स एसोसिएसनका प्रतिनिधि रहेको समिती बनाईएको छ ।

साथै समितिले आवश्यक तयारी गरेर कमाण्ड पोष्टको बैठकमा पेश गर्ने निर्णय भएको बताइएको छ ।

त्यस्तै जिल्लामा रहेका होटलहरुमा आईसोलेसन संचालनका लागि तयारी गर्ने जिम्मेवारी समेत दिइएको छ । होटेल आईसोलेसन तयरीका लागि मकवानपुर उद्योग वाण्ज्यि संघका उपाध्यक्ष माधव न्यौपाने र विष्णु गोपाल मर्जजनलाई जिम्मा दिईएको प्रमुख खुलालले जानकारी दिए।

छलफलले बागमती प्रदेश सरकारलाई पीसीआर परिक्षणको बढाउन विषेश आग्रह गर्नुका साथै प्रदेश राजधानीमा भेन्टिलेटर सहितको आइसीयु कक्ष निर्माण गर्न समेत आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*