अछाममा बाढीः ६ जनाको मृत्यु, थुप्रै घरसहित पुल बगे
बाजुरा । अछामको रामारोशन गाउँपालिकामा आएको बाढीले बगाउँदा ६ जनाको मृत्यु भएको छ ।
मंगलबार रातिदेखि परेको अबिरल वर्षासँगै आएको बाढीले बगाउँदा रामारोशन गाउँपालिका–५ सैनिबजारका ६ जनाको मृत्यु भएको हो ।
४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा र २ जनाको शव मंगलसेन नगरपालिका–३ मा पर्ने लमतणा र सेरीमा भेटिएको हो ।
बाढीले दर्जनौं परिवार विस्थापित भएका छन् भने थुप्रै घरसहित पुलसमेत बगाएको छ । बाढीले बगाउँदा थप १३ बेपत्ता भएका छन् । उनीहरूको खोजीकार्य भइरहेको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिइन् ।










