६५ वर्षीया कोरोना संक्रमितको मृत्यु
मोरङ । विराटनगरमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हनेमा बुढीगंगा गाउँपालिका–२ की ६५ वर्षीया महिला रहेकी छिन् ।
गत साउन २५ गते विराट मेडिकल कलेजमा भर्ना भएकी ती महिलालाई फेरि २७ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो । कोरानाको रिपोर्ट नेगेटिभ आएपछि घर लगिएको उनमा पनि स्वास्थ्यमा थप समस्या देखिएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएकोमा गएराति मृत्यु भएको हो ।
कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएलगत्तै उनको मृत्यृु भएके अस्पतालले जनाएको छ ।










