मृत्युपश्चात हेटौंडाका दुई जनामा कोरोना पुष्टि

हेटौडा न्युज
३ भाद्र २०७७, बुधबार १४:५१
;

मकवानपुर । हेटौँडाका दुई जनामा मृत्युपछि कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मृत्यु भएका हेटौँडा –१ चौकीटोलका ६१ वर्षीय पुरुष र हेटौँडा–१९ सान्ननटारकी ६२ वर्षीया महिलामा मृत्युपश्चात कोरोना संक्रमण पुष्टि भएको हो ।

मृत्युपश्चात सार्वजनिक भएको स्वाब परीक्षण नतिजामा दुवैमा कोरोना पुष्टि भएको हो । ती दुवै जनाको मंगलबार मृत्यु भएको कर्रा आइसोलेसनका ईन्चार्ज भोला प्रसाद चौलागाईले जानकारी दिए ।

६१ वर्षीय पुरुष मृगौला, उच्च रक्तचाप लगायत दीर्घरोगीका रुपमा उपचाररत थिए ।
यता तीन महिनादेखि कलेजोको क्यान्सरबाट पीडित भई चितवनस्थित मेडिकल कलेजमा उपचारका लागि लगिएकी ६२ वर्षीया महिलाको मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*