ढुंगाले लागेर एक मजदुरको मृत्यु
दार्चुला । दार्चुलामा एक मजदुरको ढुंगाले लागेर मृत्यु भएको छ ।
अपिहिमाल गाउँपालिका– ५ मकरीगाडमा निर्माणाधीन १० मेगावटको मकरीगाड हाइड्रोपावरमा कार्यरत मजदूर २९ वर्षीय सुनिलसिंह धामीको मृत्यु भएको हो ।
मकरीगाड हाइड्रोपावरको पोल बोक्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर घाइते भएका धामीलाई उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएको छ ।
मृतकको गोकुलेश्वर अस्पतालमा शव परीक्षण गरिएको प्रहरीले जनाएको छ ।










