दुईथान पेस्तोल, म्याग्जिन र १० राउन्ड गोलीसहित २ जना पक्राउ
काठमाडौं । आधुनिक हतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंहानगरीय अपराध महाशाखाको टोलीले माछापोखरीबाट नुवाकोट शिखरबेसीका २७ वर्षीय विकेश पण्डित र नुवाकोट लिपु गाउँपालिका १ का २८ वर्षीय अमर तामाङलाई पक्राउ गरेको हो ।
विकेशको साथबाट मेड इन यूएसए लेखिएको दुईथान पेस्तोल, २ थान म्याग्जिन र १० राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।
विकेशलाई पक्राउ गरेपछि उनले आफूलाई हतियार अमरले दिएको बताएका थिए ।बरामद हतियार र त्यसमा संग्लनहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।










