कोरोना संक्रमितको संख्या साढे २९ हजार नाघ्यो
काठमाडौँ । नेपालमा थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा बिहीबार थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या २९ हजार ६ संया ४५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २सय ६४ जना कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किएका छन् । यो सँगै हालसम्म निको हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ ।










