भिमफेदी गाउँपालिकामा निषेधाज्ञा जारी गर्न सिफारीस
मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिकामा निषेधाज्ञा जारी गर्न सिफारीस गरिएको छ । भिमफेदी गाँउपालिकाले आफ्नो श्रेत्रमा निषेधाज्ञा जारी गरीदिन जिल्ला सुरक्षा समिति, जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई सिफारिस गरेको हो ।
गाउँपालिकाभित्र संक्रमित देखा परेसँगै यसको रोकथाम तथा नियन्त्रणको लागि आज राती १२ बजेदेखि लागू हुनेगरी ९ गतेसम्मलाई निषेधाज्ञा जारी गरिदिन सिफारिस गरेको हो ।
त्यसका लागि केहीबेरमा जिल्ला सुरक्षा समितिको बैठक बस्ने जनाईएको छ ।
यसअघि मकवानपुरको हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र मनहरी गाउँपालिकामा पनि ९ गतेसम्म निषेधाज्ञा गरिएको थियो ।










