मनहरीका एकसहित २६ जनामा कोरोना संक्रमण
मकवानपुर । मकवानपुरका एक जनासहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनका थप २२ जनासहित २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
भरतपुर कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुर, पर्वत, पर्सा र मकवानपुरका एक–एकजनामा कोरोना संक्रमण देखिएको हो ।
भरतपुर महानगरपालिका–२, ७, १० र ११ का ८ पुरुष र ११ महिला गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ । यस्तै, राप्ती नगरपालिका–२ र ८ का गरी थप ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने मनहरी गाउँपालिका–५ का एक वृद्धमा कोरोना पुष्टि भएको हो ।
यससँगै चितवनमा संक्रमितको संख्या ३ सय ३ पुगेको छ ।











