लिपुलेकमा चीनले मिसाइल तैनाथ गर्न लागेको दाबी
काठमाडौं । चीन लिपुलेकमा मिसाइल तैनाथ गर्न लागेको छ । जमीनबाट हावामा निशाना लगाउन सक्ने मिसाइल चीनले तैनाथ गर्न लागेको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।
चीनले मानसारोवर र लिपुलेकमा मिसाइल तैनाथ गर्नको लागि साइटको निर्माण कार्य शुरु गरेको दाबी समेत गरेका छन् ।
ट्वीटरमा ओपन सोर्स इन्टेलिजेस डिट्रेस्फाले एक स्याटेलाइट फोटो सार्वजनिक गरेको छ । यस ट्वीटमा लेखिएको छ कि, चीन लिपुलेकमा ट्राइ जंक्शन एरियामा मिसाइल राख्ने ठाउँ निर्माण गरिरहेको छ ।
१०० किलोमिटरको क्षेत्रफलमा चीनका सेनाले आफ्नो सक्रियता बढाएको भारतीय मिडियाको दाबी छ ।
चीन सक्रिय बनेको भन्दै भारतमा तरङ्ग पैदा भएको छ । चीनले लिपुलेक नजिकमा आफ्ना १ हजार सेना तैनाथ गरेको बताइएको छ ।











