कोरोना संक्रमणबाट ४८ वर्षीय पुरुषको मृत्यु
वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४८ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो ।
मुटुसम्बन्धी समस्याबाट ग्रसित उनी हाइपरटेन्सन र उच्च रक्तचापबाट समेत पीडित रहेको अस्पताल स्रोतले जनाएको छ ।
यो सँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।










