बागमती प्रदेशको उत्कृष्ट ट्राफिकमा मकवानपुरका थापा

हेटौडा न्युज
५ भाद्र २०७७, शुक्रबार २०:५०
;

मकवानपुर । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले प्रत्येक महिना दिंदै आएको उत्कृष्ट ट्राफिक प्रहरीमा श्रावण महिनाका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा कार्यररत प्रहरी हवल्दार काशीराम थापा मगर भएका छन् । साउन महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् ।

बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनले थापालाई श्रावण महिनाको उत्कृष्ट ट्राफिक घोषणा गर्दै प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटद्वारा प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रहरी हवल्दार थापाले गत साउन २६ गते हेटौंडा–११ मा मोटरसाइकललाई ठक्कर दिई फरार रहेका चालक र सहचालकलाई घटना भएको भोलिपल्ट हेटौंडाको राप्तिखोलाको बगरबाट पक्राउ गर्न सफल भएको भन्दै पुरस्कृत गरिएको जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*