मृत्युपछि ६८ वर्षीय पु्रुषमा कोरोना पुष्टि
जनकपुरधाम । सिरहामा मृत्यु भएका ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका– ४ का पुरुषमा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको हो ।
ती पुरुषको भदौ २ गते स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला पठाइएको र रिपोर्ट नआउँदै उनको भदौ ३ गते मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।










