सिन्धुपाल्चोक पहिरोः ३२ जनाको शव फेला, अझै सात बेपत्ता

हेटौडा न्युज
६ भाद्र २०७७, शनिबार १२:३७
;

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

आज २ जनाको शव फेला परेपछि मृतकको संख्या ३२ पुगेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

साउन ३० गते गएको पहिरोमा परि ३९ जना बेपत्ता भएका थिए ।बेपत्ता अन्यको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा खोजी भइरहेकोे प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*