उपचाररत ६७ वर्षीय कोरोना संक्रमितको मृत्यु
सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।
धरान–१५ का ६७ वर्षीय पुरुषको शनिबार मृत्यु भएको अस्पतालका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिएका छन् ।
उच्च रक्तचापको समस्या भएका ती पुरुषमा गत साउन २७ गते कोरोना पुष्टि भएको थियो । एक हप्तादेखि उच्च ज्वरा आउने, खोकी लाग्ने र श्वास फेर्नमा समस्या देखिएपछि उनलाई धरानकै एन्फा क्वारेन्टिनबाट रिफर गरेर प्रतिष्ठानमा पनि सोही दिन भर्ना गरिएको थियो ।










