१३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

हेटौडा न्युज
७ भाद्र २०७७, आईतवार १३:१४
;

ललितपुर । १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–२८ हरिसिद्दि बस्ने कन्चनपुर भिमदत्त नगरपालिका–१४ कलिया घर भएका १९ वर्षीय लोकेन्द्र सिंह भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

लोकेन्द्रले ती बालिकालाई सोही ठाउँस्थित चाईनिज इँटाभट्टा नजिक डाँडाको वनमारा झाडीमा जबरजस्ती करणी गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*