गौरीटार आईसोलेसन व्यवस्थित गर्न समिति गठन
मकवानपुर । हेटौंडामा रहेको आईशोलेशन वार्डलाई व्यवस्थित गर्न सरोकार समिति गठन गरिएको छ । आईसोलेसन वार्डलाई व्यवस्थित गर्न आईतबार सरोकार समिति गठन गरिएको हो ।
हेटौंडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई संयोजक र हेटौंडा १६ का अध्यक्ष रामकृष्ण कोईराला र हेटौंडा १५ का वडा अध्यक्ष महारत्न लामा सहसंयोजक रहने गरि १७ सदस्यीय सरोकार समिति गठन गरिएको हो ।
सरोकार समितिमा ६, १५ र १६ वडाभित्र रहेका राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्था र युवा क्लबहरुको प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
गौरीटार आईसोलेसनमा रहेका बिरामीहरुले पानी, विद्युत लगायतको उचित सुविधा नपाएको गुनासो गरेका थिए । समिति गठन भएपछि त्यस्ता समस्या समाधान हुने विश्वास गरिएको छ ।










