‘बोक्सा’को आरोप लगाई अमानवीय व्यवहार गर्ने ६ जना पक्राउ
सिन्धुली । ‘बोक्सा’को आरोप लगाई अमानवीय व्यवहार गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका ३० वर्षीया हरिमाया वाइबा, २३ वर्षीय शुक बहादुर वाइबा, ५० वर्षीया फूलमाया वाइबा, २६ वर्षीया रजिनामाया वाइबा, २४ वर्षीय लाल भन्ने तासिङ लामा र धुलिखेल नगरपालिका–८ बस्ने २२ वर्षीय सुरेन्द्र तामाङ वाइबा छन्।
गत बिहीबार हरिहरपुर गाउँपालिका–५ हात्तीदमहार बस्ने लक्ष्मण बमजनलाई बोक्सा भन्दै झारफुक गर्ने बहानामा ६ जनाले अमानवीय व्यवहार गरेका थिए ।
अमानवीय व्यवहार गरेको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कालिकोटबाट खटिएको टोलीले उनीहरूको खोजी गर्न थालेको थियो ।
उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेको छ।










