कोरोना संक्रमणबाट २२ वर्षीय युवकको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट २२ वर्षीय युवकको मृत्यु भएको छ ।
सिरहाका ती युवकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।
मुटुको समस्या रहेको उनमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । ।
यस्तै उनी लागु पदार्थ सेवनकर्ता समेत भएको प्रतिष्ठानका प्रवक्ता दिनेश सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।










