प्रहरीको गाडी कीर्तिपुरमा दुर्घटना, सात प्रहरी घाइते
काठमाडौं । महानगरीय प्रहरी वृत्त कीर्तिपुरको गाडी दुर्घटना हुँदा ७ प्रहरी घाइते भएका छन् । ११ जना सवार रहेका बा १ झ ८०६४ नम्बरको भ्यान पाँगाबाट सुन्दरीघाटतर्फ जाँदै गरेको भ्यान कीर्तिपुर नगरपालिका–६ चोभारगेट नजिकै दुर्घटनामा परेको हो।
त्यसमध्ये सात जना घाइते भएको वृत्तले जनाएको छ । ड्युटीमा जान हिँडेका प्रहरीको गाडीको ब्रेक फेल भएर दुर्घटनामा परेको जनाइएको छ ।
उनीहरूको उपचारका लागि कीर्तिपुर अस्पतालमा पठाइएको छ ।










