जिल्ला तेक्वान्दो सङ्घ मकवानपुरको कार्यालय तोडफोड
मकवानपुर । मकवानपुर जिल्ला तेक्वान्दो सङ्घको कार्यालय तोडफोर्ड भएको छ । हेटौँडा उपमहानगरपालिका–४, कभर्डहलमा रहेको सङ्घको कार्यालयमा गएराति तोडफोड भएकको हो ।
जिलला प्रहरी कार्यालय मकवानपुरका अनुसार कार्यलयमा रहेको दराज, टेबुल सहित घर्रा लगायत अन्य सामानमा तोडफोड भएको छ ।
लागुपदार्थ दुव्र्यसनमा फसेकाहरुले चोरीको प्रयासमा तोडफोड गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
प्रहरीले घटनामा संलग्न रहेकाहरुको खोजिकार्य भइरहेको बताएको छ ।










