हेटौँडाका ३१ सहित मकवानपुरमा थप ३४ जनामा कोरोना पुष्टि
मकवानपुर । मकवानपुरमा आज थप ३४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य निरीक्षक भोला चौँलागाईले जानकारी दिएका छन् ।
जसमा पुरुष २७ जना र महिला ७ जना रहेको उनले जानकारी दिए ।
संक्रमित मध्ये हेटौँडा उपमहानगरपालिकाका ३१ जना र मकवानपुरगढी गाउँपालिकाका ३ जना रहेको जनाइएको छ ।
हेटौँडा उपमहानगरपालिकामा कुन वडामा कति संक्रमित थपिए ?
वडा नम्वर १ – ५ जना
वडा नम्वर २ – ६ जना
वडा नम्वर ४ – ६ जना
वडा नम्वर ५ – ५ जना
वडा नम्वर ९ – ३ जना
वडा नम्वर ६, १५ १६, १० र ११ मा १/१ जना
त्यसैगरी मकवानपुरगढी गाउँपालिकामा ३ जना
हेटौँडा उपमहानगरपालिकामा थपिएका ३१ जनामध्ये २ जना मकवानपुर बाहिरको भएको र हाल हेटौँडामा बसोबास गर्दै आइरहेको बुझिएको छ ।
आज सार्वजनिक भएको रिपोर्ट भदौ २ गते संकलन गरिएको स्वाबको हो ।










