बाराका थप दुई जना कोरोना संक्रमितको मृत्यु
वीरगञ्ज । बाराका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्थायी वीरगञ्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचार गराइरहेका बाराको कलैया उपमहानगरपालिका–१ निवासी ७० वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका–१ छतवाका ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
७० वर्षीय पुरुषमा श्वासप्रश्वास, निमोनिया, उच्च रक्तचापलगायतको समस्या देखिएको थियो भने ४२ वर्षीय पुरुष मिर्गौलाका बिरामी थिए ।










