२५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि
१० भाद्र २०७७, बुधबार १४:४५
चितवन । २५ जना स्वास्थ्यकर्मी तथा चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
चितवनस्थित बीपी कोइराला क्यान्सर अस्पतालका १५ जना नर्स, १ जना डाक्टर र अन्य सरसफाइ तथा प्रशासनका कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये १० जना अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।










