केशव स्थापित मुल्याङ्कन काठमाडौंका मेयरलाई सयमा शून्य दिन्छु
काठमाडौँ । सांसद केशव स्थापितले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पूर्ण रुपमा असफल भएको बताएका छन् । बागमती प्रदेशका सांसद तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर स्थापितले सामाजिक सञ्जाल (फेसबुक)मार्फत शाक्य असफल भएको बताएका हुन् ।
उनले फेसबुकमा स्टाटस लेख्दै शाक्यलाई आफूले काँधमा बोकेर चुनाव जिताए पनि अपेक्षाअनुरुप काम गर्न नसकेको उल्लेख गरेका छन् ।
स्थापितले लेखेका छन्, ‘विद्यासुन्दर शाक्यलाई मैले काँधमा बोकेर जिताएको हो । १०१ योजना मैले ल्याएको हो । मैले दिएको १०१ काम गरे भने मेयर भए । मेयर असफल भए भने निर्मम भएर भन्ने हो । तपाईंको मूल्यांकनमा कति अंक दिनुहुन्छ मेयरलाई ? म १०० मा ०० दिन्छु ।’

शाक्यले चुनावी घोषणापत्रमा उल्लेख गरेका थुप्रै योजनाहरु अलपत्र वस्थामा रहेको छ । उनी मेयरमा निर्वाचित भएको तीन वर्ष पूरा हुँदासम्म पनि घोषणापत्रमा उल्लेख भएका कतिपय योजनाहरु सुरु नै भएका छैनन् भने कतिपय सुरु भएका योजनासमेत अलपत्र अवस्थामा रहेका छन् ।










