नेपालमा थप ८ सय ८५ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
१० भाद्र २०७७, बुधबार १६:३२
;

मकवानपुर । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ८५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।

यससंगै नेपालमा कूल संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ । त्यसैगरी आज थप ३ सय ८५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेको कूल संख्या १९ हजार ५ सय ४ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।

हाल देशभर १४ हजार ७ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् भने होम आइसोलेशनमा ६ हजार २८ जना र संस्थागथत आइसोलेसनमा ८ हजार ७ सय ११ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १३ हजार २ सय  ९३ जनाको पीसीआर परीक्षण भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*