धुलिखेल प्रयोगशालमा हेटौंडाका ४२ जनामा कोरोना पुष्टि
मकवानपुर । काभ्रेमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, धुलिखेलमा गरीएको परीक्षणमा मकवानपुरका ४५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरुमा १६ जना महिला र २९ जना पुरुष रहेका छन् ।
प्राप्त जानकारी अनुसार संक्रमण देखिनेमा हेटौंडा उपमहानगरपालिकाका ४२ जना रहेका छन् । जसमा १५ जना महिला र २७ जना पुरुष रहेका छन् । जिल्ला बाहिरका दुई जना र हेटौंडा ठेगाना भएकी एक जना ५२ वर्षीया महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।
गत भदौ ४ र ५ गते परिक्षणका लागि संकलन गरिएको १ सय ६६ जनाको स्वाब को रिपोर्टमा ४५ जनामा कोरोना संक्रमण देखिएको हेटौंडा उपमहानगरपालिकाका जास्वास्थ्य निरीक्षक भोला चौलागाइले जानकारी दिएका छन् ।
हेटौंडा उपमहानगरपालिकाका संक्रमितको विवरणः–
हेटौंडा–१ का १९, ६० वर्षीया महिला र ८८ वर्षीय पुरुष गरी ३ जना
हेटौंडा–२ का ३२ वर्षीया महिला र ५६ वर्षीय पुरुष गरी २ जना
हेटौंडा–४ का २४, ४५, ४८, ५५ र ५६ वर्षीय पुरुष गरी ५ जना
हेटौंडा–५ का २४, २५, ३०, ४३, ४४, ४४, ५७ वर्षीया महिला र २०, ३३, ३७, ३७ र ४० वर्षीय पुरुष गरी १२ जना
हेटौंडा–६ की ४८ वर्षीया महिला
हेटौंडा–७ की ७३ वर्षीया महिला
हेटौंडा–८ का ३६ वर्षीय पुरुष
हेटौंडा–९ का २३, ३३ र ३७ वर्षीय पुरुष गरी ३ जना
हेटौंडा–१० का २४, ३६, ४७, ४८ र ५१ वर्षीय पुरुष गरी ५ जना
हेटौंडा–११ का ३३, ३३ र ३५ वर्षीया महिला र २३, ३५ र ४५ वर्षीय पुरुष गरी ६ जना
हेटौंडा–१३ का २७ वर्षीय पुरुष
हेटौंडा–१४ का २४ वर्षीय पुरुष
हेटौंडा–१७ का ६५ वर्षीय पुरुष
गत भदौ ४ गते परीक्षणको लागि हेटौंडाबाट काभ्रेको धुलिखेल स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाईएको थियो ।










