कोरोना संक्रमणबाट गर्भवती महलासहित थप ५ जनाको मृत्यु

हेटौडा न्युज
११ भाद्र २०७७, बिहीबार १२:०१
;

काठमाडौं । थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर, पर्सा, बारा, कपिलवस्तु र कास्कीका १–१ जना रहेका छन् ।

कास्कीको पोखरामा कोरोना संक्रमणबाट पोखरा–११ की ३२ वर्षिया महिलाको मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको हो ।

यसैगरी बाराको सुवर्ण गाँउपालिका–४ बस्ने एक गर्भवती महिलाको पनि कोरोनाबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृत्यु हुनेमा २३ वर्षीय महिला रहेको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिए ।

यसैगरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तु जिल्लाको तौलिहवा नगरपालिका–१ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

यसैबीच ललितपुरमा पनि एक जनाको मृत्यु भएको छ । किस्ट अस्पतालमा उपचाररत ५५ वर्षीय पुरुषको आज मृत्यु भएको हो ।

यसैगरी पर्साको वीरगन्जमा पनि कोरोना संक्रमणबाट वीरगञ्ज–१४ का ६२ वर्षीय पुरुषको मृच्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*