भारतमा एकैदिन ७५ हजारबढी कोरोना संक्रमित थपिए
काठमाडौं । भारतमा एक दिनमा कोरोना भाइरसका ७५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । बुधबार थपिएका ७५ हजार ६ सय ७० संक्रमितसँगै भारतमा संक्रमितको संख्या संख्या ३३ लाख नाघेको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमित हुनेमध्ये २५ लाखभन्दा बढी निको समेत भइसकेका छन् ।
त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट हालसम्म ६० हजार ४ सय ७२ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामै संक्रमणका कारण १ हजार २३ को मृत्यु भईसकेको छ ।
संक्रमण बढेसँगै भारत परीक्षणको दरलाई पनि बढाउँदै लगेको छ ।










