बञ्चरो प्रहार गरी छिमेकीको हत्या
रोल्पा । बञ्चरो प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पास्थित परिवर्तन गाउँपालिका–३ इरिबाङको बाघमाराका ४४ वर्षका रामचरण बादी रहेका छन् ।
रामचरणले छिमेकी भाइ नाता पर्ने ४० वर्षका मनबहादुर बादीको घरमै पुगेर बन्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका रामचरणविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाउको छ ।
घटनामा मारिएका मनबहादुर र हत्या आरोपित रामचरण एकै घरका दाजुभाइका छोराहरु हुन् ।










