चट्याङ् लागेर चार घरपरिवारका सात जना घाइते
अछाम । चट्याङ लागेर सात जना घाइते भएका छन् । चट्याङ लागेर घाइते भएका साँफेबगर नगरपालिका–१३ का सात जनालाई उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याइएको प्रहरीले जनाएको छ ।
बाब्लाको बाहुन टोलमा बिजुलीको पोलमा चट्याङ् पर्दा स्थानीय चार घरपरिवारका सात जना घाइते भएका हुन् ।
चट्याङ लागेर घाइते भएकामध्ये १८ वर्षीय सौभाग्य जोशी, २१ वर्षीय होमराज जोशी, १३ वर्षीय गोकुलप्रसाद जोशीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
त्यस्तै ३४ वर्षीया भुवनेश्वरी जोशी, १८ वर्षीय तिलकराज जोशी, २१ वर्षीया जयन्ती जोशी र १८ वर्षीया देवश्वरी जोशीको भने हात खुट्टा पोलेको अवस्थामा रहेको बताइएको छ ।










